Nepal Viral
अगस्ट 1, 2025

दशैंबाट गोदावरी फरेस्ट रिसोर्ट सञ्चालनमा आउने

काठमाडौं । ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ।
१ अर्ब ९५ करोड लागतमा निर्माण भएको रिसोर्टको व्यवस्थापन अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले लिएको छ।
निर्माण सुरू भएको करिब ६ वर्षपछि रिसोर्ट पूर्ण रूपमा तयार भई सञ्चालन गर्न लागिएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आगामी दसैंअघि रिसोर्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ