अगस्ट 2, 2025

हृदयेन्द्र , जुम्ला र समालोचनात्मक चेत


मिमबहादुर परियार


शाहवंशीय इतिहास हेर्ने हाे भने ज्ञानेन्द्र शाहको खलक राजा हुने लाइनको खलक हाेइन । जब २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । तात्कालिक राजा बिरेन्द्रकाे वंश नाश पछि  ज्ञानेन्द्र शाह अकल्पनीय हिसाबले एकाएक राजा भए । ज्ञानेन्द्र गद्दीमा हुँदा बखत नै पारस शाहलाई स्वत: राजाकाे रुपमा हेरिन्थ्याे । त्यसपछि नाति हृदयेन्द्रलाई भविष्यका राजा यिनै हुन्न भन्ने गरिन्थ्यो । जुन राजतन्त्रमा स्वभाविक हाे पनि । तर ०६२-६३ काे जनआन्दोलन , शान्ति सम्झौतालगायतका राजनीतिक परिवर्तनले नेपाल संघीय गणतन्त्र राज्यको रुपमा स्थापना भयो । ज्ञानेन्द्र शाह राजाबाट जनता भए । राजदरबार सङ्ग्रालय भयो । नेपालबाट राजाको खेल समाप्त भयो ।

यति हुँदाहुँदै पनि राजाका निकट केही राजावादीले नेपालमा राजसंस्था पुनःस्थापन गर्नुको लागि पूर्वराजाकाे नाति हृदयेन्द्र शाहलाई बेबी किङको रुपमा अगाडि सार्नुपर्छ भन्ने हल्ला चलाएका थिए । ज्ञानेन्द्रकाे उमेर र पारसको विवादित छविलाई ढाक्न हृदयेन्द्रलाई गाेटीकाे रुपमा चलाउन खाेजेका थिए । जुन असफल र स्वैरकल्पनामा सिमित रह्यो । अहिले तिनै हृदयेन्द्र शाह पुनः चर्चामा छन् ।

केही समयअघि हृदयेन्द्र आमा हिमानी शाहका साथ जुम्लामा हिमानी ट्रस्टकाे सामाजिक कार्यकाे लागि गएका थिए । साेही बखत उनले भ्लग बनाएका रहेछन् । अङ्ग्रेजीमा कर्नाली र तिला नदीको बारेमा बाेलिरहेकाे देखिन्थ्यो । भ्लगमा उनी स्थानीयसँग बाेलेकाे , किशोरीसँग संवाद गरेको दृश्य देखिन्छ । उनले आफ्नो जुम्ला भ्रमण पहिलोपटक रहेको र जुम्ला  मन परेको बताएका हुन्छन् । सरसर्ती हेर्दा भिडियो निर्माणकाे मुख्य लक्ष्य हृदयेन्द्रलाई नायकको रुपमा चित्रण गरेको स्पष्ट देखिन्छ । जुन आम भिडियो लगानीकर्ताकाे उदेश्य आफू केन्द्रित बनाउनुनै हुन्छ । हृदयेन्द्रले पनि त्यहीँ गरे ।
हृदयेन्द्रले गणतन्त्र नेपालकाे जुम्लामा पाइला टेक्दा, भिडियोमा देखिएकी युवतीले ऊ त्यो कर्नाली स्वास्थ विज्ञान प्रतिष्ठान देखाउँदै गर्दा विगतमा आफ्ना पितापुर्खाले जुम्लालाई कुन नजरले हेरेका थिए त्यो बुझ्नु आवश्यक छ । जुम्ला पहिला कस्तो थियो अहिले कस्तो छ त्यसको समालोचना उनले गर्नुपर्छ ।

अहिले भिडियो देखिएको जुम्ला गणतन्त्र नेपालकाे उपज हाे । नेपाली जनताको शासन व्यवस्थाले निर्माण गरेको दृश्य हाे । विगतको जुम्लाको कथा विकराल थियो । काठमाडौंले जुम्लालाई चिन्न अन्कनाउँथ्याे । केन्द्रकृत राज्यसत्ताले जुम्लीलाई दाेस्राे दर्जाको नागरिकको रुपमा हेर्थ्याे । जसकारण जुम्ला अझ भनाैं कर्नाली राजतन्त्रको समयमा सदैव किनाराकृत थियो । दुरदराज , राेक भाेक र शाेककाे पर्याय थियो । जुम्ला भन्नेबित्तिकै आम नेपाली जनताको मानसपटलमा नकारात्मक पक्ष आउँथ्यो ।

जुम्लालाई दुरदराज , राेक भाेक र शाेककाे पर्याय बनाउनुमा सबैभन्दा धेरै जिम्मेवार हृदयेन्द्रका पुर्खा थिए । उनीहरूले जुम्लालाई गर्ने व्यवहार थियो । अन्यथा , जुम्ला प्राकृतिक हिसाबले सम्पन्न छ । नदीनाला , जडिबुटी , अर्गानिक अन्नपात र प्राकृतिक सम्पदाले भरिएको छ । जुम्ला प्रचुर सम्भावनाले भरिएको जिल्ला थियो । तर तात्कालिक साशकहरुकाे प्राथमिकतामा जुम्ला कहिल्यै परेन । विकास के हाे जुम्लाई थाहा थिएन । सामाजिकआर्थिक राजनीतिक विकास , मानवअधिकार कस्ताे हुन्छ ? समावेशीकरण के हाे ? राजतन्त्रमा जुम्लालाई थाहा थिएन । यसरी जुम्लालाई समस्याको भुमरीमा पार्ने तिनै हृदयेन्द्रका बाउबाजेले नै हाे । त्यसकारण आम जनताले हृदयेन्द्रलाई त्यति ठुलै चर्चा गर्न आवश्यक छैन । जुम्लाको विगतकाे मुख्य कारण  राजसंस्था थियो । त्यसको  जिम्मेवार भएकाले तात्कालिक राजपरिवारप्रति सहानुभूति देखाउनु त्यति न्यायचित हुँदैन ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ