Nepal Viral
अगस्ट 4, 2025

कक्षा १२ को नतिजा साेमबार बेलुकीसम्म सार्वजनिक गर्ने बार्डकाे तयारी

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सोमबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन भएको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ ।

यसका लागि सोमबार बेलुका ५ बजेका लागि बोर्डको बैठक बोलाइएको छ ।

गत वैशाख ११ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी थिए । परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना सहभागी थिए

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ