Nepal Viral
अगस्ट 6, 2025

भारतको उत्तराखण्डमा बाढीले गाउँ नै बगायो, ४ जनाको मृत्यु, ५० बेपत्ता

काठमाडौं । भारतमा उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धरालीमा भीषण वर्षासँगै आएको बाढीले खीर गंगा गाउँ बगाएको छ।

मंगलबार दिउँसोको घटनामा हालसम्म ४ जनाको मृत्यु भएको पुष्टि भएको र ५० भन्दा बढी बेपत्ता रहेको भारतीय सञ्चारमध्यमले जनाएका छन्।

बाढी र पहिरोले गाउँका धेरै घर र होटलहरू बगेको स्थानीय प्रशासनले जनाएको छ। बाढीको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जसमा पानी र लेदोको विशाल लहरले गाउँ नै बगाएको देख्न सकिन्छ।

बेपत्ता मानिसहरूको खोजीका लागि सुरक्षाकर्मीसहित उद्धारकर्ताहरूको टोली घटनास्थलमा छ। धराली बजार पनि बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र धेरै पसलहरू भत्किएका छन्।

पछिल्लो दुई दिनदेखि यस क्षेत्रमा लगातार भारी वर्षा भइरहेको छ, जसले गर्दा पहिरो र बाढीको जोखिम बढेको थियो।

यो गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटरको दूरीमा रहेको बताइएको छ। घटनापछि स्थानीयहरू त्रासमा छन् र उनीहरूले आफन्तहरूको खोजी गरिरहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ