Nepal Viral
अगस्ट 6, 2025

सामाजिक सञ्जालकी चर्चित पात्र शर्मिला वाइबा पोखराबाट पक्राउ

पोखरा । आफूलाई सामाजिक अभियान्ता बताउँदै आएकी शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले वाइवालाई मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ गरेको हो ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार, साइबर ब्युरोको पत्रका आधारमा वाइवालाई नियन्त्रणमा लिइएको हो । उनलाई विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले वाइवालाई पक्राउ गरी थप अनुसन्धानका लागि साइबर ब्युरो पठाइसकेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ