काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लेको हो।
नेपाल यसअघि १ सय स्थानमा रहेको थियो। नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। एएफसी महिला एसियन कप छनोटअन्तर्गत नेपालले श्रीलंका र लाओसलाई पराजित गर्नुका साथै घरेलु टोली उज्बेकिस्तानसँग बराबरी खेलेपछि टोलीको वरीयता उल्लेखनीयरूपमा सुधारिएको हो ।
एसियाली राष्ट्रहरुमा भारत सात स्थान सुधार गर्दै ६३ स्थानमा उक्लेको छ। बंगलादेशले २४ स्थान सुधार गर्दै १ सय ४ स्थानमा उक्लेको छ। पाकिस्तान ३ स्थान सुधार गर्दै १ सय ५४ र श्रीलंका दुई स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ।
भुटान ८ स्थान सुधार गर्दै १ सय ६३ स्थानमा उक्लेको छ। फिफा वरीयताको शीर्ष स्थानमा स्पेन छ। पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।