काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही अहिले सामाजिक संजालमा ट्रोल भइरहेका छन्। उनी आफैंले अंग्रेजी भाषाका सम्बन्धमा दिएको अभिव्यक्तिका उनलाई भारी परेको हो।
शाहीले पछिल्लो एक अर्थार्वातामा भनेका थिए, ‘चीनमा अंग्रेजी बोल्छ ? अंग्रेजी कसैले बोल्यो भने छ्या भन्दै थुकेर पठाइदिन्छ। हाम्रोमा अंग्रेजी बोल्यो भने वाओ भन्छन्। यो खराब संस्कृति हो।’
अनि, यही बीचमा पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्रले ‘जुम्ला भ्लग’ बनाए। जसको चर्चा सामाजिक संजालमा व्यापक छ। तर, त्यस भिडिओमा हृदयन्द्रले अंग्रेजी भाषा बोलेका छन्।
जबकि शाही भन्छन्, ‘जसले आफ्नो भाषा बिर्सेर विदेशीको सिको गर्छ, त्यो राष्ट्रवादी होइन। हुन सक्दैन पनि।’
त्यहीकारण अहिले शाही र हृदयन्द्रको भिडिओ जोडेर सामाजिक संजालमा प्रयोगकर्ताले ट्रोल गरिरहेका छन्। शाहीले यसपटक मात्र नभएर पटक-पटक अंग्रेजी भाषा आफूले बोल्न नजानेको कारण भाषै गलत भएको भन्ने अभिव्यक्ति दिइरहेका हुन्छन्।
legal body
References:
buying anabolic steroids [Git.Jbangit.com]
873386 82879This internet page is often a walk-through for all with the details it suited you with this and didnt know who to ask. Glimpse here, and you will undoubtedly discover it. 428767