दिवंगत आत्माको सम्झनामा काठमाडौं उपत्यकालगायतका विभिन्न ठाउँमा गाईजात्रा मनाँइदै

काठमाडौं । राजा प्रताप मल्ल (विक्रम संवत् १६४१-१६६४) ले नाबालक छोरा गुमाए पछि महारानी निकै शोकमा परिन । सो शोक लामो समयसम्म गए पछि उनले प्रजाहरूलाई हनुमान ढोका दरबार परिसरमा गाईजात्रा गराउन लगाए पछि त्यही देखी यो चलन चलेको हो । त्यो बेला काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो ।

आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लगाइन्छ । विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् । 

गाईजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरू ठाउँ र सहरमा पनि गाई जात्राको मनाइँदै आइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ