सेयर ब्राेकर कम्पनी नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे जर्सी प्रायोजक

काठमाण्डाै – नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे जर्सीकाे प्रायाेजक बनेकाे छ । अबदेखि नेपाली क्रिकेटको जर्सीकाे अगाडि भागमा प्रयाेजककाे नाम हुनेछ ।

काठमाण्डाैमा आज एक कार्यक्रमका बीच नेपाल क्रिकेट सङ्घ (क्यान) र नासा सेक्युरिटिजबीच जर्सी प्रायोजनसम्बन्धी सम्झाैता भएकाे हाे । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पाैडेलले संयुक्त रूपमा जर्सी अनावरण गरे ।

क्यान र नासा सेक्युटिरिजबीच तीन वर्षकाे सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार नासा सेक्युरिटिजले क्यानलाई वार्षिक २ कराेड ३६ लाख रुपैयाँ दिनेछ । जर्सी प्रायाेजनकाे टेन्डरमा न्यूनतम मूल्य २ कराेड रुपैयाँ ताेकिएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ