काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढात्रटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । सम्मानित कार्यक्रममा जब म्याट्रिक्स फाइट नाइट १७ च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्रले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तस्विर खिचाउँदा ढाटले निर्धक्क र शानसँग खिचाएको एउटा तस्विर अहिले चर्चामा छ । जुन तस्विरमा उनले गज्जबको पोज दिएका छन् । तस्विरमा मेयर शाह र रवीन्द्र मात्रै छन् । त्यस्तै अर्को तस्विरमा उपमेयर सुनिता डंगोल, मेयर शाह, ढाट सहित काठमाडौँ महानगरका प्रमुख प्रकाशकिय अधिकृत सरोज गुरागाई लगायतका व्यक्तिहरु छन् ।