अगस्ट 14, 2025

चेल्सीले आफ्नो प्रतिद्वन्द्वी क्लब लिभरपुलका दिवंगत खेलाडीकाे परिवारलाई बाेनस हिस्सा दिने

काठमाडौं । चेल्सीले क्लब विश्वकपमा प्राप्त  खेलाडी बोनसको हिस्सा आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी क्लबका दिवंगत खेलाडीद्वय डियोगो जोटा र आन्द्रे सिल्भाको परिवारलाई दिने निर्णय गरेको छ ।

स्रोतका अनुसार विजयस्वरुप प्राप्त बोनस लगभग $१५.५ मिलियन थियो। जसमा प्रति खेलाडी $५०० हजार रहेको  थियो । क्लबकाे जाेटा र सिल्भाकाे परिवारलाई रकम दिने निर्णय  सर्वसम्मत भएको थियो ।
चेल्सीकाे याे कार्यलाई अहिले विश्व फुटबल जगतले निकै प्रशंसा गरिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ