अगस्ट 16, 2025

मनसुनी वायुको प्रभाव कमजोर रहे पनि केही ठाउँमा मध्यम वर्षा

काठमाण्डौ – मनसुनी वायुको प्रभाव कम रहे पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

गएराति सुनसरी, सङ्खुवासभा, सिन्धुपाल्चोक, चितवन, तनहुँ, रुकुम पूर्व, बाजुरा, बझाङ, दार्चुलालगायतका ठाउँमा मध्यम वर्षा भयो ।

आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिमको पहाडी तथा तराई भागसहित केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति कोशी र सुदूरपश्चिमसहितका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । अस्तिदेखि मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको महाशाखाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ