Nepal Viral
अक्टोबर 7, 2025

मनिका विश्वकर्मा भइन् मिस यूनिभर्स इन्डिया २०२५

काठमाडौं । राजस्थानको श्रीगंगानगरकी २२ वर्षीया मनीका विश्वकर्मा अगस्ट १८ मा जयपुरमा सम्पन्न फाइनलमा मिस यूनिभर्स इन्डिया २०२५ घोषित भएकी छिन्। उनले नोभेम्बरमा थाइल्याण्डमा हुने ७४औं मिस यूनिभर्समा भारतको प्रतिनिधित्व गर्नेछिन्।

दिल्ली विश्वविद्यालयमा राजनीतिक विज्ञान र अर्थशास्त्रमा अध्ययनरत मनीकाले अघिल्लो वर्ष मिस यूनिभर्स राजस्थान २०२४ जितेकी थिइन्। उनी प्रशिक्षित शास्त्रीय नृत्यांगना, ललित कला एकेडेमी र जे.जे. स्कूल अफ आर्ट्सद्वारा मान्यता प्राप्त चित्रकार तथा पूर्व एनसीसी क्याडेट पनि हुन्।

मनीकाले स्थापना गरेको ‘न्युरोनोवा’ नामक अभियानले न्युरोडाइभर्जेन्स, विशेषगरी ADHD, लाई कमजोरी नभई संज्ञानात्मक शक्तिका रूपमा स्वीकार गर्न प्रेरित गर्छ।

फाइनल प्रश्नोत्तरमा उनले महिला शिक्षा नै आर्थिक सहायता भन्दा प्राथमिक हुनुपर्ने बताएर गरिबीको चक्र तोड्न शिक्षाको महत्व जोड दिइन्। उनले आफ्नो सफलता परिवार, मार्गदर्शक र समुदायलाई समर्पण गरेकी छिन् र सुश्मिता सेनलाई आफ्नो आदर्श मान्छिन्।

One thought on “मनिका विश्वकर्मा भइन् मिस यूनिभर्स इन्डिया २०२५”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ