लगातार तीन प्याकेट खाँचो चाउचाउ खाएका बालककाे मृत्यु

काठमाडौं । इजिप्टकाे  कायरोमा १३ वर्षीय हम्जा नामक बालक तीन प्याकेट नपकाएको काँचो तयारी  चाउचाउ खाएपछि बेहोस भएर मृत्यु भएको छ । चाउचाउ खाएपछि अचानक पेट दुख्ने, बान्ता हुने र पसिना आउने समस्याले बालक  बिरामी परेका थिए ।
उनलाई अगस्ट १६ मा अस्पताल लैजाँदै गर्दा उनको दुःखद निधन भएकाे थियो । उक्त घटनापछि सरकारी वकिलले अनुसन्धान सुरु गरेको छ भने चाउचाउ बेच्ने पसलेलाई पक्राउ गरेको छ ।
बालकले खाएको चाउचाउकाे नमुना प्रयोगशाला परीक्षणका लागि  पठाइएकाे छ । साथसाथै मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टमको आदेश पनि दिएको छ ।छानबिन पश्चात्  अधिकारीहरूले उत्पादनले सुरक्षा मापदण्ड पूरा गरेको बताएका छन् । तर विज्ञहरूले अधिक मात्रामा चाउचाउ सेवनले गम्भीर जटिलताहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ