काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोली फेरेर आफूलाई पार्टी आउनबाट रोक्न खोजेको गुनासो गरेकी छन् । त्यस्तै रास्वपा सांसद मनिष झाले पार्टी सभापति रवि लामिछानेलाई सरकारले अदालतका नजिर नहेरी दुख दिएको बताए ।
मंगलबार बूढानीलकण्ठको भंगालस्थित भण्डारी निवास पुगेका रास्वपा प्रवक्ता मनिष झासँग उनले उक्त गुनासो गरेकी हुन् ।
आफ्नै वचनबाट पछि हटेर ओलीले एमालेको राजनीतिमा आउन आफूलाई रोकेको गुनासो भण्डारीले गरेकी छन् । तर, उनले आफू नरोकिने बताइन् ।
आफू राजनीतिमा अघि बढिसकेकाले अब पछाडि नफर्कने भन्दै पूर्व एमाले उपाध्यक्ष भण्डारीले आफू एमालेकै राजनीतिबाट अघि बढ्न चाहेको बताइन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले केही अघिसम्म पूर्व राष्ट्रपति राजनीतिमा आउन पाउने, एमालेकै अध्यक्ष बन्न पाउने भनेर सञ्चार माध्यममा अन्तर्वार्ता दिएका थिए ।
तर, गत साउन ५ र ६ गते बसेको पार्टी केन्द्रीय कमिटी बैठकले सचिवालय र स्थायी कमिटीको अनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने र राजनीतिमा नआइ सबैको सम्मानित भएर बस्न भण्डारीलाई सुझाव दिएको थियो ।


20524 63489hello!,I like your writing so significantly! share we communicate extra approximately your post on AOL? I require an expert in this space to solve my difficulty. Possibly that is you! Seeking ahead to see you. 746266
426700 43988Also, weblog often and with interesting material to maintain individuals interested in coming back and checking for updates. 597858
625780 828600Exceptional read, I just passed this onto a colleague who was doing a little research on that. And he in fact bought me lunch as I discovered it for him smile So let me rephrase that: Thank you for lunch! 724686