काठमाडौं : अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको छ। तालिबानको गृह मन्त्रालयले पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको बताएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
आइतबार राति ११:४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। यसपछि,कम्तिमा तीन पटक फेरि भूकम्प गएको छ। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।
समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो। भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत भूभाग पहाडी छ।
भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्। तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकोप्टर उपलब्ध गराउन र अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोगो अपील गरेका छन्।
Hey there You have done a fantastic job I will certainly digg it and personally recommend to my friends Im confident theyll be benefited from this site
Your blog is a true hidden gem on the internet. Your thoughtful analysis and in-depth commentary set you apart from the crowd. Keep up the excellent work!