चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतका राष्ट्रपति द्रोपदी मुर्मूलाई पठाएको चिठीकाे प्रभाव

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारत दुवैलाई उच्च भन्सार नीतिबाट दबाबमा राखेपछि नयाँ रणनीतिक समीकरण जन्मिएको छ। चीनसँग दशकौँदेखि सीमा विवाद र विश्वासको संकट झेल्दै आएको भारत अहिले अमेरिकासँगको व्यापार सम्बन्धमा पनि अप्ठ्यारो स्थितिमा परेको छ। यही पृष्ठभूमिमा भारत र चीनबीच संवाद र सम्बन्ध सुधारको प्रयास तेज हुँदै गएको देखिन्छ।

ब्लुमबर्गको दाबीअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतका राष्ट्रपति द्रोपदी मुर्मूलाई पठाएको गोप्य चिठी नै दुई मुलुकबीच नजिकिन थालेको मुख्य संकेत हो। उक्त पत्रमा अमेरिका–भारत व्यापार सम्झौताले चीनलाई नोक्सान पुर्‍याउन सक्ने चिन्ता व्यक्त गरिएको र भारतसँग सम्बन्ध मजबुत बनाउने प्रस्ताव गरिएको भनिएको छ।

विशेषज्ञहरूका अनुसार अमेरिकी चर्को भन्सारले भारतलाई फेरि चीनतर्फ ढल्काइरहेको छ। ऐतिहासिक रूपमा उतारचढाव रहँदै आएको दिल्ली–बेइजिङ सम्बन्ध अहिले फेरि एक निर्णायक मोडमा पुगेको छ, जहाँ अमेरिकी दबाबले भारतलाई चीनसँग नयाँ सहकार्यतर्फ धकेल्ने सम्भावना बढेको देखिन्छ।

2 thoughts on “चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतका राष्ट्रपति द्रोपदी मुर्मूलाई पठाएको चिठीकाे प्रभाव”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ