काठमाडौँ । श्रमजीवी वर्गको पक्षधरका रूपमा आफूलाई चिनाउन रुचाउने नेकपा माओवादी (केन्द्र) पार्टीसँग आबद्ध ‘श्रमिक’ उपनामधारी नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीबाट प्रज्ञाका श्रमजीवी करारका कर्मचारीहरू नै शोषित भएको पाइएको छ । नेपाल सरकारले तोकेको र प्रज्ञाले आन्तरिक स्रोतबाट समेत पहिल्यैदेखि उपलब्ध गराउँदै आएको महङ्गीभत्ता नै खोसेर ‘श्रमिक’ उपनामधारी सदस्य सचिव सुवेदीले श्रमजीवी करारका कर्मचारीको शोषण गरेका हुन् । उनले कर्मचारी सङ्गठका एक जना प्रभावशाली नेतासितको मिलेमतोमा कर्मचारीमाथि अन्याय गर्ने गरेको नाम नबताउने शर्तमा प्रज्ञाकै एक जना कर्मचारीले बताए ।
हाल प्रज्ञामा तत्कालीन संस्कृति मन्त्री सुदन किरातीका सात जना र केही दिनअघि बहालवाला मन्त्री बद्रीप्रसाद पाण्डेका तीन जना गरी करिब ५७ जना कर्मचारी करारमा कार्यरत रहेको सदस्य सचिव सुवेदीको सचविालयले जाकारी दिएको छ ।