शेरबहादुर देउवाकाे घरमा आन्दोलनकारी छिरे

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ ।  अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । “करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन्,” उनले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ