काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्न जेनजीको एउटा टिम जंगीअड्डामा पुगेको छ । उक्त टिमसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा छन् ।
‘हामी नेपाल’ नामक टिमले प्रधानसेनापतिसँग वार्ता अघि बढाएको हो । यही टिमले जेनजी आन्दोलनको सुरुवाती उद्घोष गरेको थियो । टिमबाट १५–१६ जनाको टिम जंगीअड्डामा रहेको स्रोतको भनाइ छ ।
‘दुर्गा प्रसाईं पनि जंगीअड्डामा हुनुहुन्छ र आवश्यक परे उहाँ पनि वार्तामा बस्नुहुन्छ,’ एक जेनजी प्रतिनिधिले नेपाल भाइरलसँग भने ।