Nepal Viral
सेप्टेम्बर 12, 2025

शीतलनिवासबाट बाहिरिए प्रधानसेनापति, सडकमा बढाइयो सेनाको तैनाथी

काठमाडौं । प्रधानसेनापति अशाेकराज सिग्देल राष्ट्रपति भवन शीतलनिवासबाट बाहिरिएका छन् । अन्तरिम सरकार गठनकाे प्रक्रियामै रहेका बेला राष्ट्रपति रामचन्द्र पाैडेलसँग छलफल गर्न सिग्देल महाराजगञ्जस्थित शीतलनिवास पुगेका थिए । 

उनी करिब ३० मिनेट राष्ट्रपति पाैडेलसँग छलफल गरेर फर्किएका हुन् । राष्ट्रपतिसँग छलफल गरेर प्रधानसेनापति फर्किएलगत्तै सेनाकाे संख्या बाक्लाे बनाइएकाे छ भने बख्तरबन्द गाडीसहित नेपाली सेनाले गस्ती बढाएको छ । 

हामीलाइ प्राप्त सूचनाअनुसार अब केहीबेरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन हुँदै छ । उक्त सरकार गठनकाे संवैधानिक आधार के हुने भन्ने बारेमा भने अन्याैल छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ