Nepal Viral
सेप्टेम्बर 18, 2025

राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट: राष्ट्र बैंकका गभर्नर विश्व पौडेल

काठमाडौं । जेन–जी आन्दोलनकै बीचमा संसद भवनभित्रै रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट करोडौं मूल्य बराबरको सुन र नगद लुटपाट भएको सनसनीपूर्ण खुलासा भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बोल्दै १८ किलो सुन र ५ करोड नगद चोरी भएको पुष्टि गरेका हुन्।

गभर्नर पौडेलका अनुसार, आन्दोलनका दिनमा बैंकको नयाँ बानेश्वर शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति लुटिएको हो। उनले भने, “एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद भवनमै रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ।”

यस घटनाले सुरक्षा व्यवस्था र राज्य संयन्त्रको क्षमतामाथि गम्भीर प्रश्न खडा भएको छ। संसद भवनजस्तो उच्च सुरक्षा घेरामा रहेको बैंकमा यसरी सुन र नगद लुटिनु ऐतिहासिक घोटालाको रूपमा लिइएको छ।

राष्ट्र बैंकका अनुसार, हाल सिसिटिभी फुटेजको आधारमा घटनाको अनुसन्धान भइरहेको छ। आन्दोलनकै बीचमा पेमेन्ट प्रणालीलाई कायम राख्न राष्ट्र बैंक निरन्तर सचेत रहेको पनि गभर्नर पौडेलले बताए। उनका अनुसार, “पेमेन्ट सिस्टमहरू बचाउन समग्र बैंकिङ क्षेत्र तैनाथ थियो, तर केही शाखा र एटिएमहरूमा ठूलो असर परेको छ।”

अधिकृत विवरणअनुसार, आन्दोलनका क्रममा ६८ वटा बैंक शाखामा आक्रमण भएको थियो भने ६९ वटा एटिएममा क्षति पुगेको छ। तर गभर्नरको दाबीअनुसार बैंकिङ प्रणालीको मूल संरचना भने सुरक्षित रहेको छ।

यसैबीच, बैंकिङ क्षेत्रमा यो घटनाले ठूलो तरंग ल्याएको छ। विज्ञहरूले यसलाई मुलुककै सबैभन्दा ठूलो बैंकिङ लुटपाटको घटनामध्ये एक भन्दै राज्य संयन्त्र तुरुन्तै कठोर कदम चाल्नुपर्ने सुझाव दिएका छन्।

राजनीतिक वृत्तमा भने यो घटनालाई जेन–जी आन्दोलनसँग जोडेर चर्चा भइरहेको छ। कतिपयले आन्दोलनको नाममा योजनाबद्ध रूपमा यस्तो ठूलो लुटपाट भएको दाबी गरेका छन् भने अरूले यो सम्पूर्ण घटनाको वास्तविकता अझै धुम्म भएको भन्दै विस्तृत छानबिन माग गरेका छन्।

One thought on “राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट: राष्ट्र बैंकका गभर्नर विश्व पौडेल”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ