जेनजीकाे आन्दोलनमा अर्बाैंकाे क्षति व्यहारेकाे भाटभटेनीले आफ्ना कुनै कर्मचारीकाे जागिर नजाने घाेषणा

काठमाडौं । भदौ २३-२४ मा भएको जेनजी पुस्ताको आन्दोलनले देशभर भाटभटेनीका सुपरस्टाेरमाथि आगजनी ताेडफाेड गरेका थिए । उक्त आगजनी र ताेडभाेडका कारण भाटभटेनीले अर्बौंकाे क्षति व्यहोर्नुपरेको छ । तथापि आज एक कार्यक्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले आफ्ना – १० हजार कर्मचारीमध्ये कसैले पनि जागिर गुमाउनु पर्ने छैन भनेका छन् ।

प्रदर्शनीका कारण भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ। भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। भटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएको जानकारी गराएका छन्। हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ