धरानका चङ्खे वडा अध्यक्ष मनाेजकाे पानी किस्सा

काठमाडौं । केही समयअघि धरान–१७ का वडाअध्यक्ष सूर्यबहादुर (मनोज) भट्टराईले मेयर हर्क साम्पाङ र उपमेयर इन्द्रबहादुरबिच झगडा गराएकाे भिडियो भाइरल भएकाे थियो । उक्त भिडियोमा मेयर र उपमेयरबिचकाे झगडामा उनी उपमेयरलाई झगडाकाे निम्ति तम्साइरहेका थिए ।

अहिले पुन फेरि वडा अध्यक्ष भट्टराईले धरान उपमहानगरपालिकाकाे, कार्यपालिका बैठक भइरहेको समयमा धरान–१७ का वडाअध्यक्ष सूर्यबहादुर (मनोज) भट्टराईले नगर प्रहरीलाई जगबाट ग्लासमा पानी हाल्न लगाई पिएको भिडियो भाइरल भइरहेको छ। यसबारेमा हामीले उहाँसँग फोन सम्पर्क गर्दा, उक्त जग केही टाढा नगर प्रमुखको नजिकै रहेकाले आफू उठेर नगर प्रमुखको छेउबाट जग ल्याउन असजिलो भएकाले नगर प्रहरीलाई ल्याउन अनुरोध गरेर ग्लासमा पानी हाल्न लगाई पिएको बताउनुभयो। भाइरल भिडियोमा देखिएको भिडियो पूरा नभएको उहाँको दावि छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ