काठमाडौं । टिकटकमा आफ्नो नृत्य र अदाका कारण भाइरल गर्ल आँचल एकाएक अस्पतालकाे शैयामा चिन्ताजनक अवस्थामा फेला परेकी छिन् । उनी निकट जानकारका अनुसार आँचल पछिल्लो समय निराश थिइन् । जसकारण उनले हिजो आफू बसेकाे काेठामा शरीरमा पेट्रोल छर्केर आगाे लगाएकी थिइन् । आगाेबाट शरीर पूर्णरूपमा जलेको छ ।अस्पतालका अनुसार आँचलकाे अवस्था चिन्ताजनक रहेको छ ।