काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजार महङ्गिएकाे हुन्छ । सामान्य उपभोक्तालाई आफ्ना आवश्यकता पूरा गर्न हम्मेहम्मे परिरहेको हुन्छ । यस्तो अवस्थामा साझा सहकारीबाट सञ्चालित बसहरुले काठमाडौंदेखि भरतपुरसम्मकाे यात्रालाई ३०० रुपैयाँ भाडादर कायम गरिएकोले उक्त रुटमा आवतजावत गर्ने यात्रुलाई केही राहत भएको छ ।
साझाले अहिले कायम गरेको भाडा सरदर भाडादरभन्दा लगभग आदि रहेको छ ।