Nepal Viral
अक्टोबर 6, 2025

भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि वकिलको जुत्ता प्रहार

काठमाडौँ —भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै कानुन व्यवसायीले जुत्ता प्रहार गरेका छन् ।  ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीका क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेको बार एन्ड बेन्चले जनाएको छ । 

दिल्ली प्रहरीले उनलाई नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ । दिल्ली प्रहरीले दिएको जानकारीअनुसार उक्त घटना बिहान करिब ११:३५ बजे सर्वोच्च अदालतको कोठा नं. १ मा भएको हो। मयुर विहार क्षेत्रका बासिन्दा उनी सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य पनि रहेको बेन्चले उल्लेख गरेको छ।

प्रधानन्यायाधीश गवईले हालै मध्य प्रदेशको खजुराहो मन्दिर परिसरभित्रको भगवान् विष्णुको मूर्ति पुन:स्थापनासम्बन्धी मुद्दाको सुनुवाइ गरेका थिए । सोही फैसलाको असन्तुष्ट रहँदै अधिवक्ता किशोरले जुत्ता प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

आफूमाथि जुत्ता प्रहार गर्दा पनि प्रधानन्यायाधीश गवई भने शान्त देखिएका थिए । उनले अदालतमा रहेका वकिलहरूलाई बहस जारी राख्न आग्रह गरे। उनले यसबाट विचलित नभएको भन्दै आफूलाई कुनै फरक नपर्ने टिप्पणी गरे ।

उनले सनातन धर्मको अपमान हिन्दुस्तानले नसहने टिप्पणी गरेका थिए । गवईले न्यायाधीश के. विनोद चन्द्रनसँगको इजलासमा १६ सेप्टेम्बरमा खजुराहो मन्दिर परिसरको जवारी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान् विष्णुको भग्न मूर्ति पुनर्निर्माणको मागसहित दायर याचिका खारेज गरेका थिए।

One thought on “भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि वकिलको जुत्ता प्रहार”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ