एजेन्सी । दुई दिनसम्म इन्टरनेट बन्द गरेर खोलेको अफगानिस्तानको तालिबान सरकारले सामाजिक सञ्जालमाथि नयाँ बन्देज लगाएको छ ।
उसले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ ।
संसारभरि इन्टरनेट पहुँचको निगरानी गर्ने नेटब्लक्सले अफगानिस्तानमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ । तालिबानले इन्टरनेटमाथि नियन्त्रण कायम गर्न खोजेको छ ।
त्यसका साथै कन्दहारमा इन्टरनेट नै बन्द गराएको नेटवर्क डेटाले देखाएको छ । राज्यका निकायमा मात्र इन्टरनेट चलिरहेको छ ।
अफगानिस्तानको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालमा फिल्टर लगाएर कतिपय सामग्रीमा बन्देज लगाइएको जानकारी दिएको छ ।
राजधानी काबुलमा मानिसले फेसबुकमा भिडियो सामग्री हेर्न नपाएको र इन्स्टाग्राममा पहुँच पनि सीमित बनेको बताए ।
पूर्ण रूपमा इन्टरनेट बन्द नगर्ने तर देशभरि सामाजिक सञ्जालमा फिल्टर गर्ने तालिबानका प्रवक्ताले बताएका छन् ।
१० दिनअघि तालिबानले इन्टरनेट ४८ घन्टाका लागि बन्द गरेको थियो । त्यस अवधिमा मानिसले कल गर्न, मेसेज पठाउन र अनलाइन सर्भिस उपयोग गर्न पाएका थिएनन् ।
अफगानिस्तानको जनसंख्या लगभग ४ करोड ४० लाख छ । त्यहाँका अधिकांश मानिस काम, शिक्षा र सञ्चारका लागि इन्टरनेटमा निर्भर छन् ।
सन् २०२१ मा तालिबान सत्तामा पुनः आएदेखि शिक्षा र अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाएको छ ।
I’ll be sharing this with a few friends.
This was incredibly useful and well written.