काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत बिहीबार श्रीलंका र तुर्कमेनिस्तानबीचको खेलअघि श्रीलंकाली मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल र अफगानिस्तानको फुटबल आफ्नो निष्कासनपछि कमजोर भएको दाबी गरेका छन्।
अल्मुताइरीले मिडियाले दुवै देशमा आफूलाई निशाना बनाएर टिक्न नदिएको आरोप लगाउँदै भने, “संघसँग समस्या छ भने संघसँग लड्नुस्, तर खेलाडीलाई विवादमा नतान्नुस्।”
डेढ वर्ष नेपाली टोली सम्हालेका अल्मुताइरीले साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक नेपाललाई फाइनलमा पुर्याएका थिए। तर, एन्फासँगको विवादपछि उनले २०७९ मा पद छोडेका थिए।
अहिले श्रीलंकाको प्रशिक्षक रहेका उनले पछिल्ला खेलमा उल्लेखनीय नतिजा निकाल्दै तुर्कमेनिस्तान र चाइनिज ताइपेईलाई पराजित गराएका छन्। नेपाल भने उनको विदाइपछि लगातार हार बेहोर्दै आएको छ।
You’ve sparked my interest in this topic.
Posts like this are why I keep coming back. It’s rare to find content that’s simple, practical, and not full of fluff.
Thanks for sharing your knowledge. This added a lot of value to my day.
Very relevant and timely content. Appreciate you sharing this.