काठमाडौं । टोकियोमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ। पहिलो हाफमा पाउलो हेनरिके र गाब्रियल मार्टिनेलीका गोलले ब्राजिल अगाडि पुगेको खेलमा जापानले दोस्रो हाफमा टाकुमी मिनामिनो, केइतो नाकामुरा र आयसे युदाका गोलमार्फत उत्कृष्ट पुनरागमन गरेको हो।
यो पछिल्ला १४ भेटमा ब्राजिलविरुद्ध जापानको पहिलो जित हो। प्रशिक्षक हजिमे मोरियासुले खेलाडीहरूलाई जितमा उत्साहित रहँदै पनि विश्वकपका लागि अझ सचेत हुन आग्रह गरेका छन्। उनले यस जितलाई “आत्मविश्वास बढाउने ऐतिहासिक क्षण” भनेका छन्।
ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले टोलीले दोस्रो हाफमा धेरै गल्ती गरेको स्वीकार गर्दै सुधार आवश्यक रहेको टिप्पणी गरेका छन्।
You bring a fresh voice to a well-covered topic.
I appreciate the depth and clarity of this post.