भोजपुरे सेवा समाज काठमाडौँको अध्यक्षमा हरि के. राई

काठमाडौँ । समस्त भोजपुरेहरूको साझा सामाजिक संस्थाका रूपमा २०४२ सालदेखि क्रियाशील रहँदै आएको भोजपुरे सेवा समाज, काठमाडौँको अध्यक्षमा हरि के. राई चयन भएका छन् । हालै सम्पन्न समाजको ३३ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट समाजसेवी राई समाजको नयाँ अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन्

यसै गरी अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हेमाकुमारी अधिकारी, नारायणप्रसाद न्यौपाने, रुद्रप्रसाद राई, उषा राई, प्रजुना चौहान, महासचिवमा शशी लुमुम्बू, सचिवमा दिलिपकुमार राई, सन्तोष सेन्चुरी र कोषाध्यक्षमा नयन थापा चयन भएका छन् । सदस्यहरूतर्फ भानुभक्त न्यौपाने, अर्जुन न्यौपाने, जगत्मान योगी, अनन्त राई, कृष्णबहादुर मगर, पासाङ शेर्पा, नवीनकुमार राई, शान्ति राई, दीपक राई र उत्तम शर्मा धिमाल सर्वसम्मत रूपमा चयन भएका छन् ।

शनिबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा समाजका निवर्तमान अध्यक्ष पासाङदोर्ची शेर्पाले नवनिर्वाचित अध्यक्ष राई र सम्पूर्ण समितिलाई बधाई तथा शुभकामना दिँदै समाजका दस्तावेजहरू हस्तान्तरण गरेका थिए ।       

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ