नेपालकाे भारतमाथि २–१ को सानदार जित

काठमाडौँ —नेपालले थ्री नेसन्स कपमा सोमबार भारतमाथि २–१ को सानदार जित निकालेको छ । सिलोङको जवाहरलाल नेहरू स्टेडियममा नेपाली महिला राष्ट्रिय टिमको हात पारेको यस जितमा सावित्रा भण्डारी नायक रहिन् र उनले दुवै गोल गरिन् । 

यससँगै महिला अन्तर्राष्ट्रिय फुटबलमा भारतमाथि नेपालको पछिल्लो समयको प्रभुत्व कायम रह्यो । एसिया कपमा छनोट भएको भारतमाथिको यो जितले नेपाली फुटबल उत्साहित रहनेछ ।

भारतले नेपाललाई सन् २०१९ यता हराउन सकेको छैन । भारतमाथि नेपालको चौथो जित मात्रै हो । सावित्राले खेलको दोस्रो मिनेटमै गोलको खाता खोलिन् र उनले विमला विकको लामो पास सदुपयोग गर्दै गोल गरेकी हुन् । उनको दोस्रो गोल भने ६२ औं मिनेटमा निस्केको थियो र यसका लागि फ्रि–किकको सुन्दर उपयोग गरिन् ।

सावित्राले २० यार्ड भन्दा टाढाबाट गरेको प्रहार चार भारतीय खेलाडीको मानवीय पर्खाललाई कुनै अवसर नदिएर गोलमा परिणत भएको थियो । भारतका लागि करिष्मा पुरुषोत्तमले ८२ औं मिनेटमा एक गोल फर्काइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ