मिमबहादुर परियार

एउटा कथा छ जसकाे सारंशले माथि उल्लेखित शीर्षकलाई केही हदसम्म न्याय दिन्छ । कुनै एक गाउँमा एकजना धनी मानिस उसको नजरकाे गरिबसँग माछा किन्छन् । उनले माझीलाई आफ्नो व्यापार बढाउन र पैसा धेरै कमाउन सल्लाह दिन्छन् । त्यसको लागि उनी शहरमा व्यापार गर्नुपर्ने , कम्पनी विस्तार गर्नुपर्ने कुरा माझीलाई बताउँछन् । माझी ती धनीका कुरा सुनेर प्रति प्रश्न गर्छन् । शहरमा व्यापार बढ्यो भने के हुन्छ ? कम्पनी चल्यो भने के हुन्छ ? जस्ता धेरै प्रश्न साेध्छन् । धनी व्यक्ति उनलाई भन्छन् पैसा धेरै कमाइ हुन्छ । आफूलाई मन लागेको कुरा गर्न सकिन्छ । माझीले अन्तिम प्रश्न धनी व्यापारीलाई साेध्छन् । धेरै पैसा भयो भने केके गर्न सकिन्छ नि ? धनी व्यापारीले माझीलाई आफूप्रति सङ्केत गर्दै मजस्तै आरामले घरमा बस्न पाइन्छ । बेलाबेलामा ताल नदीमा गएर माझा मार्न सकिन्छ । परिवारसँग खुसीका साथ सँगै बस्न सकिन्छ भन्छन् । धनी मानिसका कुरा सुनेपछि माझी हाँस्दै भन्छन् , महाशय त्यो त मैले अहिले नै गरिरहेको छु त ! यहीँ जिन्दगी पाउन यत्रो दुख किन गर्नु ? म वर्तमानमा तपाईँ जस्तो धनी मानिसको जिन्दगी बिताइरहेकाे छु । माझीका कुरा सुनेपछि धनी मान्छे ट्वाँ पर्छन् एकछिन । माझी पुनः तालको छेउमा बल्छी थापेर माछा मार्न जान्छन् । बेलुकी आफ्नो परिवारका साथ मज्जाले समय बताइरहेका हुन्छन् ।

माथि उल्लेखित कथाको सारंश जस्तैः अहिले मानिस पुनः घुमिफिरी गरिबको जिन्दगी जिउन मरिहत्ते गरिरहेका छन् । यद्यपि शीर्षक ” गरिब हुनु राम्रो हाे ” पढ्दा आम पाठकलाई रिस उठ्न सक्छ । गरिब र गरिबी सुन्दा मन नपर्नु , रिस उठ्नु एक हिसाबले स्वभाविक हाे । अभावको जिन्दगीबाट मुक्त हुन मानिस अहाेरात्र मिहिनेत गर्न पछि हट्दैन । ऊ कसरी हुन्छ जीवनलाई सहज र सरल ढङ्गले अगाडि बढाउन चाहान्छ । उसको मुख्य उदेश्य भनेको गरिबीको सञ्जालबाट स्वतन्त्र हुनु नै हाे । हिजाेकाे अभावमा ऊसँग जे थिएन जब ऊ धनी हुन्छ ऊ ती सबै कुरा प्राप्त गर्न खाेज्छ नै ।
मानिस हिजोकाे गरिबीमा खाइने एकछाकबाट , ८४ व्यञ्जन खानु उसको रहर हुन्छ । सामान्य घर जहाँ केही थिएन त्यहाँ ऊ आधुनिक एसि , मार्बल , तथा अन्य मेसिन जाेड्न चाहान्छ । हिजो गरिब हुँदा पैदल हिड्ने मानिस धनी हुँदा गाडी अवस्य चड्ने उसको सपना हुन्छ । तर आजकाे समय र आवश्यकता धनीकाे आवश्यकता र चाहानाभन्दा धेरै फेरिएको छ । मानिस हिजो जेजति कुरा पाउन मरिहत्ते गरेको हुन्थ्यो । आज स्वास्थकाे लागि ती सबै त्याग्न बाध्य छ । मेडिकल साइन्सले खुले आमा मानिसलाई चुनाैती दिएको छ र भनेको छ आजको माेजमस्ती विलासिता तुरुन्तै त्याग्नु । अन्यथा छिटोभन्दा याे पृथ्वीबाट जानुपर्ने हुन्छ ।

मेडिकल विज्ञान र अहिले राम्रा कहलिएका डाक्टरको सुझाव र स्वास्थ्यकाे आवस्यकताले मानिसलाई गरिबकाे जिन्दगी जिउन बाध्य बनाएको छ । अझ भनाैं स्वास्थ जीवनको लागि गरिबी अवस्था विस्तारै मानिसलाई प्यारो हुँदै गएको छ । आम मानिस गरिबीको बाटो हिड्न थालेका छन् । ऊ आफूसँग भएका भाैलिक विलासिताका साधन त्याग्न कुनै कसुर बाँकी छाेडेकाे देखिन्न । भव्य महलबाट एसि निकालिदैं छ । दशथरी खाना छाेडेर एकथरी खानामा झरेको छ । मिठाेबाट तिताे खाना उसको प्यारो भएको छ । गाडी , माेटरसाइकल थन्क्याएर मानिस हिड्न थालेको छ । यी सबै गरिबीसँग नाता भएका चिज हुन् ।
वास्तवमा मानिस गरिब हुँदा याे समाज र स्वास्थलाई निकै फाइदा हुनेरहेछ । विस्तारै मानिसहरु गरिबीको महत्त्व बुझ्दै छन् । यसको यथार्थलाई मनन गर्ने प्रयत्न गरिरहेका छन् । गरिबीका केही फाइदा निम्न बुँदा प्रस्तुत गरिएको छ ।

१. महंगो एसि मानिस स्वास्थ्यलाई हानिकारक त छदैछ त्यो भन्दा ठुलो हानिकारक वातावरणलाई रहेको छ । एसिबाट निस्कने CFCs ग्यासले ओजन तहलाई विगार्ने एवम् वातावरण र मानिसको स्वास्थ्यलाई बेफाइदा हुने गर्दछ । फ्रिज , एसिलगायतका विद्युतीय उपकरण स्वास्थ्यका निम्ति हानिकारक हुँदैछन् । त्यसकारण गरिबकाे घरमा जे छ त्यहीँ आजको स्वस्थ्य जीवनलाई आवश्यक देखिएको छ ।
२. अहिले स्वास्थ्यलाई दशथरी खाना हाेइन एकथरी खाना उपयुक्त हुन्छ । दशथरी खानामा दस पटक नुन तेत लगायतका अन्य सबै कुरा थपिन्छ । दस चम्चा तेलभन्दा एक चम्चा तेलकाे प्रयोग स्वास्थका लागि राम्रो मानिन्छ । त्यस्तै जति थाेरै चिनी र नुनको प्रयोग त्यति फलदायी स्वास्थ्यका लागि हुन्छ । गरिबहरु एकथरी खाना खान्छन् जुन अहिले धनाड्य पनि एकथरी खाना खाइरहेका छन्। गरिबहरु नमिठाे खान्छन् अहिले धनीहरु खाेजीखाेजी नमिठा खानेकुराहरु खाइरहेका छन् ।

३. गरिबहरु हिड्छन् , कमजाेर आर्थिक अवस्था भएका मानिसहरु साइकल चड्छन् । अझ खाली खुट्टा हिड्छन् । अहिले विज्ञानले के भनेको छ भने हिड्नु जति फाइदा केही छैन । मानिसलाई जति सकिन्छ हिड्न सुझाव दिइरहेका छन् । गाडी विलासिताकाे मानकसँगै राेगकाे प्रतिक भएको छ । जसकारण हुनेखाने मानिसहरू गरिबकै साधन र अभ्यास अपनाइरहेका छन् ।
अन्ततः नेपालीमा उखान छ घुमिफिरी रुम्झाटार , आखिर मानिसको लागि सामान्य कुरा नै आवश्यक र प्राथमिक रहेछ । जुन कुरा थियो त्यो नै मुख्य तत्व रहेछ । मानिसले देखेको चाहेको भैब , विलास अनावश्यक र हानिकारक रहेछ । शारीरिक स्वास्थका लागि गरिबी निकै महत्त्वपूर्ण र अर्थपूर्ण देखिएको छ । शरीरका लागि गरिब हुनु राम्रो हुने भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ