मिमबहादुर परियार
राजा तुमि नआए ! तुम्माे आवश्यकता देशलाई छैन । बरु तुमि छुपुक्क आफ्नो आलिसान दरबारमा बस्याँ । तुमिकन नपुग्दाे के छ र । हाम्रो नजरमा तुमिसँग सबै छ । धन सम्पत्ति अथाह छ । चाहेको राेजेकाे सबै किन्न सक्ने तुम्माे ल्याकत छ । याे संसार निकै सानो छ महाेदय , भ्रमण गर्नुहाेस् । एकपटक तान्जेनियामा अवस्थित सेरिनगेटिक राष्ट्रिय निकुञ्जमा जानुहाेस् । बडा रमाइलो पाउनुहुनेछ । रंगीचंगी चराचुरुङ्गी , चिर्बिचिर्बिर आवाज , निर्दाेष वन्यजन्तुकाे चालले एकपटक मन प्रफुल्ल पार्नेछन् । मायामी , राेम , पेरिस , क्युबा , खस्गर जानुहाेस् , एकफन्काे हिमवत्खण्डकाे मार्नुहाेस् । भूगोलकाे साैन्दर्यसँगै सांस्कृतिक विविधताकाे मिठो स्वाद पाउनुहुनेछ । अझ तुमि त हुनेखाने मान्ठ , आँट छ भने स्पेस एक्सकाे यात्रा गर्ने चाँजोपाँजो मिलाउनुहाेस् । सररर रकेट चडेर नेपालकै पहिलो स्पेस यात्री भएर इतिहास रच्नुहाेस् । अलिकति मन छ भने देशभित्रका दिनदुखी गरिब असाय अपाङ्गकाे नाममा सेवा गर्नुहाेस् । सबैले राम्रो मान्ने छन् । अर्काेकुरा तपाईं जतिको धनाड्यले गर्ने काम यिनै हुन् । नाम र दामअनुसार , खर्च गर्नुहाेस् , लगानी गर्नुहाेस् । सबैको भलाे हुनेछ । बजारका फाल्तु फगत हल्ला र लहैलहैमा लाग्दैनलाग्नुहाेस् । यसले तपाईंमा भएको उर्जाकाे अन्त्य गर्नेछ । मनलाई अशान्त बनाउनेछ ।
तुम्माे र मेरो एकै राष्ट्र भएको नाताले , मेरो नानाे हार्दिक आग्रह छ । कृपया स्वार्थले भरिएका झुन्डकाे गाइँगुइँ र लालचमा नफस्नुहाेस् । प्रायाेजित झुन्डले फलानो हाम्रो राजा प्राणभन्दा प्यारो छ भनी चिच्याउँदैमा तीन करोड जनता कहाँ माैन बस्नेवाला छन् । अहिले तपाईंहरुले साेचे जस्तो हिजोकाे लाटो समय छैन । सबैलाई आफ्नो हकअधिकार र राजनीतिक स्थान खाेजेका छन् । जनताले एउटा परिवारको शासन हाेइन समग्र राष्ट्रकाे आर्थिकसामाजिक रुपान्तरण चाहेका छन् । ज्ञानेन्द्र सर, नागरिक सचेत छन् । तपाईंलाई पनि थाहा छ । हजारौं जनता बाकाबिरदेखि सेतु विकले आफ्नाे ज्यानको बलिदान त्यसै दिएका हाेइनन् ।
एउटा कुरा के हेक्का राख्न आवश्यक छ भने नेपाली जनता परिवर्तनको संवाहक हाे । जनता देशमा भएका तानाशाही ज्यादतीका विरुद्ध उठेका छन् । ०६२/ ०६३ काे जनआन्दोलन , गणतन्त्र स्थापना त्यसको ज्वलन्त उदाहरण हाे। त्यसैले ज्ञानेन्द्र सर , लाेभले भरिएका मान्छेको कुरा सुनेर , धन खर्च गरेर , सडकमा माेटसाइकल देखाएर , दुईचारवटा कार्यक्रममा दुईचार जनाले भाषण दिँदैमा, राजगद्दीमा पुग्छु भन्ने दिवास्वप्नबाट बिउँझिनुहाेस् । तिताेसत्य के हाे भने केही झुन्ड उफ्रिदैमा ,तपाईंले पाउने केही हाेइन । गुमाउन भने तपाईंले धेरै गुमाउनुहुनेछ । धन सम्पत्ति इज्जत इत्यादि बग्नेछ । सुगर , प्रेसर र मानसिक तनाव भरिभराउ हिसाबले थपिने छ । यी विशुद्ध तपाईं र तपाईंको परिवारका लागि हानिकारक हुन्छ नै । आमजनताले यसाे भनिरहँदा अझ देखिरहँदा , तपाईंको बुझाइ भने अलग हाेला ।
हिजोआज तपाईंको समर्थन देखिएको जुलुस , नाराबाजी , प्रचारप्रसार देख्दा तपाईंको भित्री मनमा देशमा राजतन्त्र फर्किन्छ कि ? म अर्थात ज्ञानेन्द्र शाह राजा हुन्छु कि ? नारायणहिटीकाे ढाेका पुनः खुल्ला कि ? जस्ता अनेक कल्पना मनमा उत्पन्न हुनसक्छन् ,जुन भ्रम , गलत धारण बाहेक केही हुनसक्दैन । राजा किन, केका लागि , कसका लागि चाहियो ? मानाैं तपाईं राजा हुनुभयो ? के गर्नुहुन्छ ? तपाईंसँग त्यस्तो अद्भुत क्षमता र विशेषता के छ र तपाईंलाई राजा बनाउनुपर्ने ?
छ , तपाईंसँग जवाफ ? तपाईंसँग भएको जवाफ म ठकुरी , शाहवंशीय हुँ , मेरा बाउबाजे राजा थिए । त्यसकारण म राजा हुन पाउनुपर्छ । बस् यत्ति त हाे , तपाईंले दिने जवाफ । अरु केही छ ? तपाईंको अर्काे उत्तर , नेपाल एकीकरण , राज्य विस्तारकाे उदाहरण दिनुहुन्छ हाेला । २४० वर्षसम्म एउटा परिवार , लिङ्ग , धर्मकाे रजगजमा देशले के पायो ? जनताले के पाए ? देश र जनताले पाउनेभन्दा धेरै गुमाएको जगजाहेर छ । जनता र देशले पाएकाे गरिबी , भाेकमरी , असमानता , अन्याय , अत्याचार , अराजकता न हाे । तपाईंको खलककाे सुख सुविधाको लागि जनताले भाेकमरी सहकै थिए । विकास नामकाे सपना देखेकै थिए । तपाईंहरूका सबै ज्यादती सहेर चुपचाप जयजयकार गरेकै थिए । तपाईंलाई चाहिएको याे बाहेक अरु के हुन्थ्यो र । २४० वर्षको अवधिमा तपाईंको पुर्खा पुस्ता तथा आसेपासेले मज्जाले पाए । माेजमस्ती , सुखसयल , शक्ति ,सत्ता , धनसम्पत्ति सबै तपाईंको वरिपरि थियो । एउटा परिवार र उसका समर्थकका लागि याे भन्दा अरु केही चाहिन्थ्याे र । अहिले फेरि पहिलेको जस्तैः रवाफ , रजगजकाे माग गर्दै केही झुन्डहरु चलाउनु भएको छ । झापाका राजेन्द्र ,जुम्लाका ज्ञानेन्द्र र काठमाडौंका रवीन्द्र तपाईंको भक्तिभजन गाइरहेका छन् । तपाईंबाहेक याे देशमा अन्य विकल्प छैन भनेर लागिपरेका छन् । मानाै ज्ञानेन्द्र शाह याे देशका लागि अक्सिजन हाे, भन्दै ।
राजेन्द्र , ज्ञानेन्द्र र रवीन्द्रलाई एउटा प्रश्न , एउटा व्यक्तिलाई जात, लिङ्ग , धर्मको आधारमा राजा बनाउनुपर्ने ? देशभरका तीन करोड जनताले एउटा व्यक्तिलाई राजा , श्री पाँच महाराजधिराज भन्नुपर्ने ? मिथकमा भनिए जस्तो विष्णुकाे अवतार मानिदिनुपर्ने ? त्यसपछि राजेन्द्र , ज्ञानेन्द्र र रवीन्द्रले भनेजस्तै राजसंस्थाले याे देशको रातारात कायापलट गर्नेछ । देशको आर्थिक विकास , आर्थिक वृद्धि , मानव विकासले फड्को मार्नेछ । याेभन्दा ठूलो झुट र भ्रम के हुनसक्छ । जुन संस्थाकाे अवस्था र छवि न भुतमा गतिलो थियो न वर्तमानमा । त्यस्तो पारिवारिक संस्थालाई देशको बागडोर दिएर नागरिक दास बन्नुपर्ने । एकाइसाै शताब्दीका युवाहरूलाई यस्तो विचार कहाँबाट किन आउँछ हाेला ? सिमित स्वार्थ प्राप्तिका लागि एउटा परिवारलाई देवत्वकरण गर्नु भनेको आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हाे । भलै अहिले बजारमा देखिएको जुलुसबाट केही समूहलाई लाभ त देला तर समग्र राष्ट्रलाई भने ठुलो चाेट सिवाय अरु केही दिनसक्दैन । २४० वर्षसम्म राजसंस्थाले के गर्याे ? विडम्बना अझ पनि केही झुन्ड त्यहीँ शासन र परिवार चाहियो भनिरहेका छन् ।
स्मरणरहाेस् , नेपाल देश नेपाली जनताको हाे । याे देशको भविष्य, भाग्यविधाता नेपाली जनतानै हुन् । एउटा परिवार र व्यक्तिको माग राखेर जुलुस निकाल्नु एकाइसाैं शताब्दीमा सुहाउँदैन । पूर्व राजा र उसका भक्तलाई सत्ता माेह नै छ भने राजनीतिक दल गठन गरी, चुनावमा बहुमत हासिल गरेर, सरकार गठन गर्नसक्छन् । सरकार बनाएर शासन सत्ता हासिल गर्नसक्छन् । हाेइन भने याे उमेरमा याे दुनियाँ तनाव तिकडम गर्नुभन्दा मज्जाले परिवारसँग समय बिताएको राम्रो । घरपरिवारलाई अर्ती उपदेश दिएको ठिक । अन्तिममा राजावादी मित्रहरुलाई , मेरो सानाे सुझाव , यसरी एउटा जात , लिङ्ग व्यक्तिको पछि लाग्नु राम्रो हाेइन । अहिलेकाे आवश्यकता एउटा नभई अनेक र विविधता हाे । देशको धार्मिक भाषिक सामाजिक सांस्कृतिक भाैगाेलिक विविधता पनि हामीले हेर्नुपर्छ । खुला आँखाले नेपाल राष्ट्र बुझ्नुपर्छ । र यस्तो कुसंस्कार र दासत्वबाट मुक्त भएर समता समानत र समाजिक स्वतन्त्रताको पक्षमा उभिनुपर्छ । अनिमात्र देशको विकास हुन्छ । हाम्रो विकास हुन्छ । एउटा आउ देश बनाउ भन्दैमा देश कहाँ बन्छ र , महाेदय ।