काठमाडौं । नेपाली कथानक चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’ युट्युबमा निःशुल्क उपलब्ध भएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्र सोमबार बासुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एक वर्षअघि हलमा प्रदर्शन भएको चलचित्रले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो । त्यस्तै गएको भदौमा पुनः कथ्यशैली सम्पादन गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा चलचित्र स्ट्रिमिङ गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ