काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ सामाजिक अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय भएको छ ।
शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार छनौट समितिले उनलाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको महासचिव प्रकाश शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार १ लाख १० हजार राशिको रहेको छ । २००२ साल असार ३२ गते भोजपुरमा जन्मिएका सुन्दासले बहराइनका लागि नेपालको राजदूतका रूपमा २०७४ देखि ७८ सम्म ४ वर्ष कार्य गरेका थिए ।
सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन संयन्त्र) को रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन् ।
सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आवद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए ।
सहि व्यक्तिको सहि सम्मान हुनु पुरुस्कारकै सम्मान हुनु हो। दलित दलित आन्दोलनका याेद्वा पदम सुन्दासको सम्मानले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ आफै सम्मानित भएको छ।