शिवराज किन यतिधेरै खेललाई प्रेम गर्छन् ?

शिवराज सुन्दास शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । उनलाई सञ्चार र श्रवणमा समस्या छ । तथापि शिवराजकाे खेलप्रति माया ,लगाब र सम्मान बेजोड छ ।


शिवराज धादिङको फूलखर्कमा जन्मिए । बुबा आर्मीमा जागिरे भएकाले उनी सानैमा काठमाडौं आए । अहिले उनी कामनपा १५ चमतिमा बस्छन् । उनौ सानैदेखि खेलकुदमा रुचि राख्थे । कहिलेकाहीँ खेल्थे भने शारीरिक समस्याका कारण प्रायः उनी अरुले खेलेको हेर्थे ।

उनको यहीँ खेलकुद हेर्ने बानी अहिले उनको नशा जस्तो भएको छ । उनी समयले साथ दिएसम्म नेपालकाे राष्ट्रिय टाेलिले खेल्ने जुनसुकै खेल खेलमैदान गएर हेर्ने गर्छन् । शिवराजकाे खेलकुदप्रतिकाे प्रेम हेराइमात्रै सिमित छैन । उनी खेल र खेलाडीकाे समिक्षा पनि गर्नेछन् । उनी भन्छन् ” नेपालले साफ च्याम्पियनसिपमा जहिल्यै हारेकोहार्यै गर्दा उनको मन असाध्यै दुख्न गरेको छ । नेपाल पराजय भएको रातमा म निदाउन सक्दिनँ पनि “। एकदिन उनले कुनै विज्ञकाे अन्तर्वार्ता हेर्दा फुटबलकाे विकास हुनकाे लागि ग्रासरुट फुटबलकाे विकास हुन आवश्यक छ , सुने । जब उनलेे थाहा पाए तुरुन्तै आफ्नो भाइ पर्ने ११ वर्षीय बालकलाई फुटबल एकेडेमीमा भर्न लगाए ताकि अब आउने साफ च्याम्पियनसिपमा नेपालले पराजय भाेग्न नपराेस् । नेपालले अब्बल खेलाडी पावस् । नेपालकाे ग्रासुरुट फुटबलकाे विकास हाेस् ।

शिवराज आफूलाई मनपर्ने खेलाडीकाे समर्थनमा अहाेरात्र खटिने गरेका छन् । प्रायः उनले आफ्नो प्रिय खेलाडीलाई समर्थन गर्न, एफाे साइज पाना शुभकामना लेखेर सामाजिक संजालमा पाेस्ट गर्छन् । खेलमैदानमा उपस्थित हुन्छन् । हुटिङ् गर्छन् , सँगसँगै उनका प्रिय खेलाडीसँग खिचेका तस्बिरसहित बधाई , शुभकामना दिन पनि प्रयोग गर्छन् । शिवराजकाे फेसबुक पेज सरसर्ति हेर्दा उनी नेपाली फुटबलका क्रेजि प्रशंसक हुन् भन्ने कुरा उनको सामाजिक सञ्जालमा सक्रियता र कन्टेन्टले पनि उनी कति खेलप्रेमि हुन् भन्ने कुराकाे पुष्टि गर्छ । उनलाई फुटबलमा पुरुषतर्फ अन्जन विष्ट र नवयुग श्रेष्ठ मनपर्छन् भने महिलातर्फ साम्भा र सविता रानामगर ।


नेपालले खेल्ने प्रत्येक अन्तर्राष्ट्रिय खेलमा उनी नेपालकाे राष्ट्रिय र झण्डा बाेकेर दशरथ रङ्गशाला पुगेका हुन्छन् । खेलअघि र खेलपछि शिवराज आफ्नो फेसबुककाे भित्ताभरी राष्ट्रिय खेलाडीलाई शुभकामना एवम् बधाई लेखेका प्लेकार्डसहित पाेस्ट गरिरहन्छन् । शिवराजकाे दशरथ रङ्गशालाकाे उपस्थिति हेर्दा , रङ्गशालालाई उनको दाेस्राे घर मान्दा हुने उनी बताउँछन् । उनी भन्छन् मलाई नेपालकाे समर्थन गर्दा छुट्टै उर्जा आउँछ । मलाई खेलकुद असाध्यै मनपर्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ