Nepal Viral
जुन 18, 2025

आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं ।रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ।

सत्तारूढ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो। क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको अनेरास्ववियुको दाबी छ। 

निर्वाचन समितिका संयोजक महेश भट्टराईले सरोकारवाला पक्षसँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ