पूर्वराजा ज्ञानेन्द्र शाह गाेरखाका मन्दिर घुम्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन्।
गोरखकाली मन्दिर र मनकामना मन्दिर दर्शनका लागि पूर्वराजा शाह यही साता गोरखा जाने भएका हुन्।

संवाद सचिवालयका संवाद सचिव फणिराज पाठकले बुधबार सूचना निकालेर पूर्वराजा शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा अर्चना गर्न यसै साता गोरखा जाने उल्लेख गरेका हुन्।

पूर्वराजा शाह लामो समय पोखरा बसेर फागुन २५ गते काठमाडौं फर्केका थिए। राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईंलगायतको आह्वानमा त्रिभुवन विमानस्थल गेटमा पूर्वराजाको स्वागत पनि भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ