काठमाडौं । स्काथी इन्टरटेन्मेन्टले नेपाल स्थित स्विस दुतावासकाे सहयोगमा यहीँ आउँदो मार्च २५ देखि मे २५ सम्म प्रत्येक मंगलबार , बुधबार , र बिहीबार दिनको २ बजेदेखि ३:३० सम्म तालिम दिने भएको छ ।
तालिम अस्ट्रेलियामा बसाेबास गर्ने विश्व प्रसिद्ध साउन्ड इन्जिनियरिङ विज्ञ सतिस स्थापितले दिनेछन् । दुई महिने तालिममा मास्टर अडियो रेकर्डिङ ,साउन्ड सम्पादन, मिक्सिङ लगायतका विभिन्न प्राविधिक पक्ष हुनेछन् ।
आयाेजक संस्था स्काथी इन्टरटेन्मेन्टका अनुसार “यस तालिमको मुख्य उदेश्य भनेको युवाहरुलाई साउन्ड इन्जिनियरिङकाे ज्ञान दिने र उनीहरूलाई विज्ञ बनाउनुनै हाे । अहिले नेपालमा साउन्ड इन्जिनियरिङ सिक्ने चाहाना भएका धेरै युवा छन् । तर विविध कारणले उहाँहरूले माैका पाउनुभएकाे छैन । हाम्रो याे प्रयासले अवस्य साउन्ड इन्जिनियरिङ क्षेत्रमा केही परिवर्तन ल्याउनेछ” ।