Nepal Viral
अप्रिल 29, 2025

एसइई परिक्षार दिन घर गएका विद्यार्थीको चट्याङ लागेर मृत्यु

सुर्खेत । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेका छन् । 

शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी चैत्र १२ गते हुने विज्ञान विषयको मात्र एसइई ग्रेडबृद्धी परीक्षाको तयारी गरिरहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ