Nepal Viral
अप्रिल 29, 2025

लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ युवा संघको शक्ति प्रदर्शन

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँमा मार्चपास गरेको छ । संघको केन्द्रीय कमिटीले काठमाडौँको तीनकुनेमा मार्चपासको आयोजना गरेको हो ।

नेपाली जनताको लामो बलिदानी संघर्षबाट प्राप्त साथै अराजकता र प्रतिगामीहरूको जनविरोधी कुत्सित षडयन्त्रका विरुद्ध जनतालाई जनतन्त्रको पक्षमा सचेत गर्न राष्ट्रिय स्वयंसेवक भेला तथा बृहत् मार्च पासको गरेको संघको भनाई छ। मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन नेकपा एमालेले देशभर अभियान चलाइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ