Nepal Viral
अप्रिल 28, 2025

तीनकुनेमा तनाव , राजावादी अराजक हुँदै

काठमाडौं । काठमाडौं तीनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ