काठमाडौं । काठमाडौंलगायत माेफसलका सडकमा हिडिरहेकाे बेला यदि तपाईंले कुनै पार्शव गायकको जस्तो गायकी सुन्नुभयाे भने वा देख्नुभयाे भने नझुकिनुहाेला । आम बटुवालाई गायकी सुन्दा बलिउड तथा कलिउड चलचित्रमा अत्याधिक रुचाइएका आवाज उदितनारायण , कुमार सानु, साेनु निगम , राजेशपायल , प्रमाेद हुन् कि भन्ने स्रोतलाई लाग्नसक्छ । तर उनी अरु काेही नभइ सडक गायनका बादसाह कृष्ण क्षेत्री हुन् ।
म्याग्दीका फरक क्षमता भएका कृष्ण क्षेत्री आफ्नो फरक प्रतिभाका कारण मानिसमाझ चिनिएका छन् ।उनको फरकपन भनेको मिठो आवाज र गायकी नै हाे । कृष्णकाे यहीँ फरकपनले अहिले उनका सयौं भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
अक्सर सहर बजारका सडक किनार , चाेकतिर कुनै चर्चित गीत गाइरहेका अवस्थामा कृष्ण भेटिने गर्नेछन् । सदाबहार मुस्कान , हट्टाकट्टा शरीर , एउटा आर्टिफिसियल खुट्टामा उनी माइक समातेर मस्त गीत गाउँछन् । उनकाे गायकी देखेर धेरै मानिस प्रभावित भएका छन् । कृष्ण हिन्दी तथा नेपाली गीत निकै मिठो तरिकाले गाउने गर्छन् । उनको अर्को विशेषता भनेको गीतमा ढुबेर , आउभाउका साथ गाउनु पनि हाे । उनको यहीँ क्षमताले धेरै मानिस आफ्नो गन्तव्यलाई केहीबेर बिट मारेर उनको आवाज सुनिरहेका हुन्छन् ।
कृष्ण क्षेत्री जीविकोपार्जनको लागि नेपाल र भारतका विभिन्न स्थानहरूमा गएर गीत गाउने गरेका छन् ।
हिजोआज समाजिक सञ्जालमा कृष्णले सडकमा गीत गाएकाे भिडियोहरू निकै भाइरल छन् । उनका प्रत्येक भिडियो लाखौंलाख दर्शकले हेरिरहेकाे देखिन्छ । उनको गीत सुनेर धेरैले कृष्णकाे गायन कलाको प्रशंसा गरिरहेका छन् ।
सडकमा गीत गाउँदा कृष्णलाई सहयोग आएको रकम उनी आफूजस्तै फरक क्षमता एवम् आर्थिक अभाव परेका व्यक्तिहरू लाई पनि सहयोग गर्ने गर्छन् । कृष्ण भन्ने गर्छन् ” मैले जिन्दगीमा अवसर पाएमा नेपालको लोकप्रिय गायक बनी लाखौंलाख दर्शकस्राेतालाई खुसी दिनेछु ।