काठमाडौं । चैत १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीले गरेका हिंसा, लुटपाट, तोडफोड र आगजनीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई दोषी ठहर गर्दै सामाजिक सञ्जालमा पक्राउ गर्न आवाज उठेको छ।
ज्ञानेन्द्रलाई गिरफ्तार गरी कारबाहीका लागि सामाजिक सञ्जालमा ‘ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान सञ्चालन गरिएको हो।