Nepal Viral
अप्रिल 29, 2025

काठमाडौंको वायु प्रदूषण २११ एक्युआई

काठमाडौं उपत्यकामा आज पनि वायु प्रदूषण उच्च रहेको छ । आज बिहानको ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार काठमाडौंको वायु प्रदूषण २११ एक्युआई रहेको छ ।

काठमाडौं केही दिन उच्च वायु प्रदूषणको शीर्ष स्थानमा रहे पनि आज भने दोस्रो स्थानमा पुगेको छ । सर्वाधिक प्रदूषित शहरमा भने भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई २९० रहेको छ ।

शनिबार काठमाडौं यस्तो डन्डेक्सको सातौँ नम्बरमा परेको थियो । त्यसमा आज काठमाडौंको पाँच स्थान खस्किएको हो ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ