Nepal Viral
अप्रिल 28, 2025

जुत्ता लकाउँदा भनेजति पैसा नदिएपछि दुलही पक्षले दुलहाकाे गरे रामधुलाइ


भारतको उत्तरप्रदेशकाे एक विवाहमा दुलहाकाे जुत्ता लुकाउँदा केटी पक्षले भने बमोजिम पैसा नदिँदा  दुलहालाई कुटपिट गरी घाइते बनाएका छन् ।


दुलही  पक्षले लुकाएको जुत्ता फिर्ता पाउन पचास हजार रुपैयाँको माग  दुलहा पक्षसँग गरेका थिए । जुत्ता फिर्ताको लागि  दुलहा पक्षले जम्मा पाँच हजार रुपैयाँ दुलही पक्षलाई दिएको थियो । तर विडम्बना दुलही पक्षले आफ्नो अपमान भएको ठानेर दुलहा लगायतका अन्य जन्तीमाथि आक्रमणसहित गालीगलाेज गरेका थिए । आक्रमणबाट दुलहा सिकिस्त घाइते भएर अस्पतालमा छन् भने दुलही पक्षलाई प्रहरीले खाेजिरहेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ