Nepal Viral
अप्रिल 28, 2025

नेपालले कुवेतलाई ६ विकेटले हरायाे

काठमाडौं : चारदेशीय टि२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो जित दर्ता गरेको छ। नेपालले कुवेतलाई ६ विकेटले हराएको हो।

हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो। १८६ रनको विजय लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रनको पारी खेले। उनले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गरे।

नेपालका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीले नेपाललाई जित नजिक पुर्‍याए।  नेपालका लागि पहिलो विकेटका लागि आसिफ र कुशलले १२७ रनको साझेदारी गरे।

नेपालको पहिलो विकेटको रुपमा आसिफ शेख क्याच आउट भए। उनले बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेले। 
 
तेस्रो क्रममा आएका कुशल मल्ल ४ रनमा कट् एण्ड बोल्ड भए। दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन बनाउँदै खेल नेपालको पक्षमा पारेका थिए। १८औं ओभरमा  तीन छक्का र एक चौका सहित नेपालले एक ओभरमा २५ रन जोड्दा खेल नेपालको पक्षमा ढल्किएको हो। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा अविजित रहे।

कुवेतका लागि यासिन पटेलले २ विकेट लिए। मोहम्मद आस्लम र मोहम्मद सफिकले १-१ विकेट लिए।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५रन बनाएको हो।

कुवेतका लागि ओपनर क्लिन्टो एन्टो लेस सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा ४चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर रविजा सान्दुवानले २६ रन बनाए। मित भावसारले ३५ उस्मान पटेलले १३ विलाल ताहिरले ३२ रन बनाए। कप्तान मोहम्मद आस्लम १७ र यासिन पटेल ३ रनमा अविजित रहे। 

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। तेस्रो खेल १२ अप्रिलमा घरेलु टिम हङकङसँग खेल्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ