Nepal Viral
अप्रिल 29, 2025

नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र निर्वाचित

काठमाडौँ- नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्।निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठलाई २ हजार ४३१ मतले पराजित गर्दै मिश्र अध्यक्ष बनेका हुन्।

निर्वाचन समितिका अनुसार मिश्रले ५ हजार ५२ मत पाएका छन्। श्रेष्ठले २ हजार ६२१ मत पाएर उपविजेता बनेका छन्।

महासचिव पदमा वरिष्ठ अधिवक्ता केदार कोइराला महासचिव पदमा विजयी भएका छन्। कोइरालाले श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेलाई  २ हजार ५०७ मतले पराजित गरेका छन्।

कोइरालाले ४ हजार ८७४ मत पाउँदा न्यौपानेले २ हजार ३६७ मत पाए। २५ पदका लागि भएको निर्वाचनमा सबै पदमा मिश्र नेतृत्वको प्यानलका उम्मेदवारले बाजी मारेका छन्। औपचारिक घोषणा बार कार्यालयमा दिउँसो १ बजे हुने निर्वाचन समितिले जानकारी दिएको छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ