Nepal Viral
अप्रिल 29, 2025

राजावादी पक्षधरका फरार कमान्डर दुर्गा भारतमा पक्राउ

काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए ।

त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।

यद्यपि उनी पक्राउ पर्न सकेका थिएनन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ